चैत्र १७, २०८२ मंगलबार | ०१:३७:५५
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार  राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान रचेका छन् ।

सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान तोडेका हुन् ।

सन्देशले स्न्याचमा १ सय ९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्रले कांस्य पदक जिते ।

सिनियर पुरुष १ सय २ केजीमा विशालले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी  २ सय ६१ केजी भार उठाउँदै राष्ट्रिय कीर्तिमान रचे ।

यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्काले रजत र एपीएफका रणबहादुर नगरकोटीले कास्य पदक जिते ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे । नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपीएफका सन्तोष चौधरी  तेस्रो  भए ।

जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा १ सय ५ केजी गरी जम्मा १ सय ७८ केजी वजन उठाए । चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कांस्य हात पारे । युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०–९० केजी गरी कुल १ सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे ।

मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा भएको प्रतियोगिताको युथतर्फ महिला ८१  केजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन् । सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन् ।

सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउदै पहिलो भइन् ।

 ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन् । ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७८ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोस्रो भइन् । 

८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन् ।

जुनियर पुरुषको १ सय २ केजीमा आर्मीका निरज सिग्देल पहिलो भए । उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा १ सय ३० केजी भार वहन गरे ।

सिनियर पुरुषको १ सय ९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले ।

 १ सय २ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो बने ।

विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

तीन दिने प्रतियोगिताअन्तर्गत पुरुष  र महिलातर्फ सिनियर,जुनियर तथा युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुषको २४ औं तथा महिलाको ९ औ  संस्करण हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो