माघ १४, २०८२ बुधबार | २२:३९:२७
एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी

जोकोभिचको भिसा प्रकरणले नाडाल निराश

सिड्नी । रोफेल नाडालले अस्ट्रेलियन ओपनमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई खेल्न अनुमती दिने वा नदिने भन्ने बारे चलिरहेको बहसबाट आफू निराश भएको बताएका छन् ।

नाडालले कुनै एक खेलाडीले प्रतियोगिता खेल्न पाउने वा नपाउने भन्ने विषय महत्वपूर्ण नभएको समेत बताए ।

नाडालले सोमबार अमेरिकाका मिग्वेल जिरोनविरुद्ध खेल्दै वर्षको पहिलो ग्रान्ड स्लामको सुरुआत गर्दैैछन् । तर जोकोभिचको भिसा प्रकरणले खेलाडीहरुको प्रशिक्षण समेत प्रभावित बनेको छ ।

अस्ट्रेलियाको अध्यागमन मन्त्रालयले शुक्रबार पुनः जोकोभिचको भिसा रद्द गरेको थियो । उनले त्यसविरुद्ध अपिल समेत गरेका थिए । जसको सुनुवाई आइतबार बिहान हुनेछ । 

उनको भिसा रद्दका बारेमा अन्तिम फैसला नआएसम्म उनलाई अस्ट्रेलिया सरकारले हिरासतमा राख्नेछ ।

गत बिहीबार पनि अस्ट्रेलिया सरकारले कोभिड १९ संक्रमणविरुद्ध खोप लाएको प्रमाण पेश गर्न नसकेको भन्दै जोकोभिचको भिसाा रद्द गरिदिएको थियो । जोकोभिचले गरेको अपिलको सुनुवाई गर्दै मेलबर्न अदालतले सोमबार अस्ट्रेलिया सरकारको निर्णय खारेज गरिदिएको थियो ।

नाडालले भने जोकोभिच र अस्ट्रेलिया सरकारबीचको विवादबाट आफू निराश भएको बताएका हुन् । 

‘जोकोभिच विश्व टेनिसकै उत्कृष्ट खेलाडी हुन् र यसमा कुनै दुबिधा छैन’, नाडालले भने, ‘तर के जोकोभिच अस्ट्रेलियन ओपनमा नभई नहुने महान खेलाडी हुन् त? प्रतियोगिता भन्दा कुनै एक खेलाडी ठूलो हो? कुनै एक खेलाडी नै ठूलो हो भने यो बहस चलिरहोस् अन्यया यो विषय टुङगोमा पुग्नुपर्छ ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।