चैत्र १७, २०८२ मंगलबार | २०:२७:५६
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

जोकोभिचको भिसा प्रकरणले नाडाल निराश

सिड्नी । रोफेल नाडालले अस्ट्रेलियन ओपनमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई खेल्न अनुमती दिने वा नदिने भन्ने बारे चलिरहेको बहसबाट आफू निराश भएको बताएका छन् ।

नाडालले कुनै एक खेलाडीले प्रतियोगिता खेल्न पाउने वा नपाउने भन्ने विषय महत्वपूर्ण नभएको समेत बताए ।

नाडालले सोमबार अमेरिकाका मिग्वेल जिरोनविरुद्ध खेल्दै वर्षको पहिलो ग्रान्ड स्लामको सुरुआत गर्दैैछन् । तर जोकोभिचको भिसा प्रकरणले खेलाडीहरुको प्रशिक्षण समेत प्रभावित बनेको छ ।

अस्ट्रेलियाको अध्यागमन मन्त्रालयले शुक्रबार पुनः जोकोभिचको भिसा रद्द गरेको थियो । उनले त्यसविरुद्ध अपिल समेत गरेका थिए । जसको सुनुवाई आइतबार बिहान हुनेछ । 

उनको भिसा रद्दका बारेमा अन्तिम फैसला नआएसम्म उनलाई अस्ट्रेलिया सरकारले हिरासतमा राख्नेछ ।

गत बिहीबार पनि अस्ट्रेलिया सरकारले कोभिड १९ संक्रमणविरुद्ध खोप लाएको प्रमाण पेश गर्न नसकेको भन्दै जोकोभिचको भिसाा रद्द गरिदिएको थियो । जोकोभिचले गरेको अपिलको सुनुवाई गर्दै मेलबर्न अदालतले सोमबार अस्ट्रेलिया सरकारको निर्णय खारेज गरिदिएको थियो ।

नाडालले भने जोकोभिच र अस्ट्रेलिया सरकारबीचको विवादबाट आफू निराश भएको बताएका हुन् । 

‘जोकोभिच विश्व टेनिसकै उत्कृष्ट खेलाडी हुन् र यसमा कुनै दुबिधा छैन’, नाडालले भने, ‘तर के जोकोभिच अस्ट्रेलियन ओपनमा नभई नहुने महान खेलाडी हुन् त? प्रतियोगिता भन्दा कुनै एक खेलाडी ठूलो हो? कुनै एक खेलाडी नै ठूलो हो भने यो बहस चलिरहोस् अन्यया यो विषय टुङगोमा पुग्नुपर्छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो