काठमाडौं । साविक विजेता मारकेटा भोन्ड्रोसोभा विम्बल्डन टेनिसको महिला एकलतर्फ पहिलो चरणबाटै बाहिरिएकी छन् ।
सेन्टर कोर्टमा मंगलबार भएको खेलमा भोन्ड्रोसोभा स्पेनकी जेसिका बोजस मनिरोसँग ६-४, ६-२ को सोझो सेटमा पराजित भइन्। चेक रिपब्लिककी भोन्ड्रोसोभा गत वर्ष विम्बल्डन जित्ने पहिलो गैरवरीयता प्राप्त महिला बनेकी थिइन्।
साविक विजेता पहिलो चरणबाटै बाहिरिएको सन् १९६८ यता यो पहिलोपल्ट हो। त्यतिबेला स्टेफी ग्राफ लोरी म्याकनीलसँग पराजित भएकी थिइन्।
यसैगरी इगा स्वायटेक, एलिना रेबाकिना, ओन्स जाबेउर र ड्यानिल कोलिन्सले भने दोस्रो चरणको यात्रा तय गरेका छन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
