काठमाडौं ।आर्यना साबालेन्का र ओन्स जाबेउर पेरिसमा हुने यस ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता नजनाउने भएका छन् ।
उनीहरुले आफ्नो स्वास्थ्यलाई प्रथामिकतामा राखेर ओलम्पिक नखेल्ने निर्णय गरेको बताएका छन्।
विश्व नम्बर तीन साबालेन्काले जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् तर भर्खरै सम्पन्न फ्रेन्च ओपनको क्वार्टरफाइनलमा रुसी खेलाडीमिरा एन्ड्रिभासँग पराजित भइन्।
जाबेउर पनि फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पराजित भएकी थिइन् । विश्व नम्बर १० ट्युनिसियाली स्टार जाबेउर विगत दुई वर्षदेखि घुँडाको चोटसँग संघर्ष गर्दै आएका छिन् ।
यसैगरी बेलायती स्टार इमा राडुकानुले पनि ओलम्पिक नखेल्ने निर्णय गरेकी छन् । ओलम्पिकमा टेनिसको प्रतिस्पर्धा जुलाई २७ देखि अगस्ट ४ सम्म हुनेछ ।
भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
