चैत्र १४, २०८१ बिहीबार | १६:३७:०९
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित

नेपालमा डब्लुटिएनको सुरुआत

डब्लुटिएन सुरुआत घोषणा कार्यक्रममा उपस्थित

काठमाडौं । नेपाल टेनिस संघले पहिलो पटक वर्ल्ड टेनिस नम्बर (डब्लुटिएन) को सुरुआत गरेको छ ।

नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार डब्लुटिएनको सुरुआत गरिएको घोषणा गरिन् ।

डब्लुटिएनको सुरुआतसँगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए ।

टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिइ प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लुटिएनमा समावेश गर्न पाउने छन् ।

त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्युनतम ४० अंकदेखि सुरु हुनेछ ।

टेनिस संघका सदस्य जयजीव हाडाले यु-९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लुटिएनमा समावेश हुने बताउँदै हालसम्म १६९ राष्ट्रले डब्लुटिएनको सुरुआत गरिसकेको जानकारी दिए ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी लगायतको उपस्थिति थियो ।


भिडियो
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN
Private video
पोखरामा युवा खेलाडीको जोस छ II Nawayug ShresthaPlayer, Pokhara Thunders
एनएसएल मेरो लागि आफूलाई प्रमाणित गर्ने अवसर II Sameer Tamang Marquee, Pokhara Thunders
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET