काठमाडौं । विश्व जुनियर टिम टेनिस प्रतियोगिता (डब्लुजेटिसी गर्ल्स टिम) छनोटमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।
मार्च १८ देखि २३ सम्म हुने प्रतियोगितामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सरावक लनटेनिस संघको आयोजनामा हुन लागेको टिम प्रतियोगितामा सहभागीले दुई सिंगल र एक डबल्समा प्रतिस्पर्धा गर्नुपर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।
टिम प्रशिक्षकमा कान्छा खड्गे छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबार नै बिदाइ गरिन्
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
