सातदोबाटो । थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ तामको जोडीले जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उनीहरुले भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडीलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गर्ल्समा हङकङकी चिङ लाम र दक्षिण कोरियाकी सुहा लिको जोडीले मंगोलियाकी मार्ता चोग्सोम्जाभ र इभा ख्रुस्तालेभाको जोडीलाई ७-६ (७-४), ६-० ले हराउदै स्वर्ण जिते ।
सिंगल्सको ब्वाइजमा पेन र अमेरिकाका भेन्कत ऋषि बत्लान्की तथा गर्ल्स सुहा र चीनकी जि ये झाङ फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको अन्तिम दिन सिंगल्स फाइनल हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
