काठमाडौं । सर्वियन स्टार नोभाक जोकोभिच युएस ओपन टेनिस प्रयियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
जोकोभिचले क्रोएसियाका बोर्ना गोजोलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-२, ७-५ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।
जोकोभिचले सेमिफाइनल प्रवेशका लागि अमेरिकी खेलाडी टाइलर फ्रिट्जको सामना गर्नेछन् । फ्रिट्सले स्विट्जरल्यान्डका डोमिनिक स्टेफन स्ट्राइकरलाई ७-६ (७-२), ६-४ र ६-४ ले पराजित गरे ।
यसैगरी महिलातर्फ विश्व नम्बर एक इगा स्वायटेक भने अन्तिम १६ बाटै बाहिरिएकी छन् । पोलिस स्टार स्वायटेक अस्ट्रियाकी जेलिना ओस्टापेन्कोसँग ६-३, ३-६ र १-६ले पराजित भइन् ।
ओस्टापेन्कोले क्वार्टरफाइनलमा अमेरिकी स्टार कोको गौफको समाना गर्नेछिन् । गौफले डेनिस खेलाडी क्यारोलिन वोज्नियाकीलाई ६-३, ३-६ र ६-१ ले पराजित गरेकी हुन् ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
