टोकियो, (खेलाडी)- सन् २०१८ मा युएस ओपन जितेपछि जापानकी नाओमी ओसाका पहिलो पटक महिला विश्व वरियताको शीर्प १० बाट बाहिरिएकी छिन् ।
ओसाका हाल १२ औं वरियतामा छिन् । ओसाकाले मानसिक रुपमा फिट नभएको भन्दै यस वर्षको फ्रेन्च ओपनबीचमा छोडेकी थिइन भने विम्बल्डनमा पनि सहभागिता जनाइनन् ।
२३ वर्षिया ओसाकाले सेप्टेम्बरमा युएस ओपनको उपाधि रक्षा गर्न असफल भएपछि टेनिसबाट पुनः केही समय विश्राम लिने घोषणा गरेकी थिइन् ।
चार पटककी ग्रान्डस्लाम विजेता ओसाकाले हालै एक कार्यक्रममा छिट्टै टेनिसमा फर्कन लागेको बताएकी थिइन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
