माघ १८, २०८२ आइतबार | ११:१४:५७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपालले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको छनोट खेल्ने

काठमाडौं । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वर्ल्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने छन् । टोलीको प्रशिक्षकमा कन्चन खड्गी छन् । टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

टोलीलाई नेपाल टेनिस संघकी सचिव मालिका राणा र सदस्य अजय विष्टले शुक्रबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिदाई गरे ।

केटीएम सिटीको प्रयोजन रहेको नेपाली टोलीले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक खड्गीले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागिता जनाउन पाउने उल्लेख गरे । प्रशिक्षक खड्गेले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक सुट, जुत्तालगायतको सामाग्री प्रायोजनको रुपमा सहयोग गरेको छ । यु-१४ गर्ल्स विधाको यस प्रतियोगितामा नेपालसहित १६ देशका खेलाडीले सहभागीता जनाउनेछन् ।

नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तराष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।

नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई शुक्रबारै एक छुट्टै बिदाई गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मलेसियामा उत्कृष्ट नतिजा निकाल्ने गरी प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।