चैत्र ६, २०८२ शुक्रबार | १९:१०:४०
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

११ स्वर्ण पदकसहित तेक्वान्दोमा पुलिस च्याम्पियन

पोखरा । म्याग्दीको बेनीमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

६ स्वर्ण, ८ रजत र २ कास्य जितेको त्रिभुवन आर्मी क्लब दोस्रो भयो ।  एपिएफ ३ स्वर्ण, २ रजत र ९ कास्य जितेर तेस्रो भयो । मधेस प्रदेशले १ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ । यस्तै, प्रदेश १ ले ८ कास्य तथा बागमतीले १ रजत र तीन कास्य जित्यो ।

गण्डकीले ७ कास्य तथा लुम्बिनीले २ रजत र ३ कास्य जित्यो । कर्णालीले ३ कास्य तथा सुदूरपश्चिमले १ रजत जित्यो । गैह्रआवासीय नेपाली संघको एनआरएनए टिमले १ रजत जित्यो ।

असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

मंगलबार भएको महिला ४९ केजी समूहमा सशस्त्रकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले कास्य पदक जितेकी थिइन् । महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण र आर्मीका रेश्मा थापाले रजत पदक हात पर्दा कर्णालीका बेविका बस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कास्य पदक जितिन् ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, आर्मीका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र सशस्त्रका रञ्जित साउदले कास्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बिनीका नविन चौधरी र सशस्त्रका मोहम्मद रितिकले कास्य पदक जिते । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, सशस्त्रका निरज देउवा र कर्णालीका सोहन राउतले कास्य पदक जितेका छन् ।

सोमबार भएको खेलमा महिला ४६ केजीतर्फ नेपाली आर्मीकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा आर्मीकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा सशस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाए ।

महिला ४६ केजीमा सुदूरपश्चिमकी झरना नाथले रजत, सशस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा आर्मीकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले कास्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य जिते । महिला ७३ केजीभन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा आर्मीका जक्की यादवले रजत, सशस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।

५७ केजी तौल समुह महिलामा नेपाली आर्मीका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले कास्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते ।

५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र आर्मीका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली आर्मीकी स्वतिका तामाङ रजत, प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, आर्मीका दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, आर्मीका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्य पदक जिते ।

टिम पुम्से महिलामा आर्मीका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्य पदक हात पारे ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा आर्मीकी गिता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बीनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समुहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, आर्मीका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो