मंसिर २७, २०८१ बिहीबार | २२:२७:३४
आयोजक जेबी, पारामाउन्ट र हिमरश्मीको सुखद सुरुआत ब्रायन लारा शुक्रबार नेपाल आइपुग्ने तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित आयोजक जेबी, पारामाउन्ट र हिमरश्मीको सुखद सुरुआत ब्रायन लारा शुक्रबार नेपाल आइपुग्ने तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित

मेयर कप तेक्वान्दोको तयारी पूरा

काठमाडौं । जैसीदेवल युथ क्लबको आयोजनामा हुने चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई गरी २० टिमले सहभागिता जनाउने छन् ।

प्रत्येक टिममा २० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक जैसीदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमको प्रशिक्षण सम्हालीररहेका छन् ।

काठमाडौं महानगरपालिका मुख्य प्रयोजक रहेको प्रतियोगिताको पुरस्कार राशि करीब २ लाख रुपियाँ  छ ।

प्रतियोगितामा ब्वाइजर गर्ल्सतर्फ समान आठ तौल समूहमा  प्रतिस्पर्धा हुनेछन् । स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, वेस्ट फाइटर पुरुष महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । यसैगरी उत्कृष्ट  पुम्से पुरुष  महिला खेलाडी, निर्णायक तथा प्रशिक्षकलाई जनही १ सय डलर प्रदान गरिनेछ ।

आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतीले आफ्नो टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीको सम्पूर्ण खर्च आयोजकले नै ब्यहोर्नेछ । अध्यक्ष प्रजापतीले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।

यसैगरी उनले सम्पूर्ण टिमका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए। प्रशिक्षक तथा निर्णायकलाई पनि ज्याकेटको व्यवस्था गरिएको छ।

 


भिडियो
सुदूरपश्चिमविरुद्धको हार सोचेको पनि थिएनौं Sher Malla
ASIA CUP मा पनि WORLD CUP QUILIFIER मा जस्तै प्रदर्शन गर्छौः महिला यु–१९ टिमकी कप्तान POOJA MAHATO
टियु मैदानमा रन बनाउन निकै गाह्रो छः Stephen Eskinazi
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel