माघ १२, २०८२ सोमबार | ०८:४७:०३
बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि

मेयर कप तेक्वान्दोको तयारी पूरा

काठमाडौं । जैसीदेवल युथ क्लबको आयोजनामा हुने चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई गरी २० टिमले सहभागिता जनाउने छन् ।

प्रत्येक टिममा २० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक जैसीदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमको प्रशिक्षण सम्हालीररहेका छन् ।

काठमाडौं महानगरपालिका मुख्य प्रयोजक रहेको प्रतियोगिताको पुरस्कार राशि करीब २ लाख रुपियाँ  छ ।

प्रतियोगितामा ब्वाइजर गर्ल्सतर्फ समान आठ तौल समूहमा  प्रतिस्पर्धा हुनेछन् । स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, वेस्ट फाइटर पुरुष महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । यसैगरी उत्कृष्ट  पुम्से पुरुष  महिला खेलाडी, निर्णायक तथा प्रशिक्षकलाई जनही १ सय डलर प्रदान गरिनेछ ।

आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतीले आफ्नो टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीको सम्पूर्ण खर्च आयोजकले नै ब्यहोर्नेछ । अध्यक्ष प्रजापतीले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।

यसैगरी उनले सम्पूर्ण टिमका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए। प्रशिक्षक तथा निर्णायकलाई पनि ज्याकेटको व्यवस्था गरिएको छ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate