माघ १६, २०८२ शुक्रबार | २३:४१:०५
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एसियाली खेलकुदः तेक्वान्दोका गोविन्द अन्तिम १६ बाटै बाहिरिए

तेक्वान्दाे खेलाडी गोविन्दबहादुर आले दायाँ

काठमाडौं । १९औं एसियाली खेलकुदको चौथो दिन पनि नेपाली खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाएको छ ।  मंगलबार तीन तेक्वान्डो खेलाडी पराजित भए ।

पदककाे आशा गरिएको तेक्वान्दोबाट नेपालको प्रदर्शन अपेक्षा गरे अनुसार हुन सकेको छैन ।

लिलान स्पोर्टस कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए ।

उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

अन्तिम १६ को खेलमा भने गोविन्द थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २-० ले पराजित हुँदै बाहिरिए ।

यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २(० ले  पराजित भइन् ।

सन्ध्याकुमारी सिंह लेबनानकी लाइतितिए आउनसँग २-० ले निरास हुँदै महिला ५७ केजीमुनिको अन्तिम १६  बाटै बाहिरिइन् ।

यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै  पराजित भएका थिए ।

तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ७ खेलाडीको प्रतिस्पर्धा सकिसकेको छ । अब  चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।