चैत्र ७, २०८२ शनिबार | २१:२३:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अमेरिकामा सञ्जीवलाई विशेष सम्मान

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी,प्रशिक्षक एवं निर्णायक सञ्जीव नेपालीलाई अमेरिकामा विशेष सम्मानबाट सम्मानित भएका छन् ।

खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्यान्ड र न्यु जर्सी सिटीले उनलाई विशेष सम्मान गरेको हो । उनलाई द सिनेट अफ मेरील्यान्डका काथरिन क्यासमियर र न्यु जर्सी सिटीका काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले सम्मान गरेका हुन् ।

अमेरिका बसाइका क्रममा तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै आफूलाई सो सम्मान प्रदान गरेको सञ्जीवले बताए । ‘अमेरिका बसाइका क्रममा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्री/जर्ज र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएको छु’, सञ्जीवले भने, ‘त्यही योगदानको कदर गर्दै दुवै संस्थाले सम्मान गरेका हुन् ।’

यो सम्मान आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो भएको सञ्जीवले बताए । तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउँदै आएका बारा निजगढका सञ्जीवले आफूले सकुँञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाएका छन् ।

उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिका लगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो