चैत्र ६, २०८२ शुक्रबार | ०२:४३:१२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पूर्णशंकर श्रेष्ठ देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु

काठमाडौं । पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ २१ गतेदेखि सुरु हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) मा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए । प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख ३० हजार रुपैयाँ रहेको छ । जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँबाट सम्मानित हुनेछन् । यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैंया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो