काठमाडौं । कोभिड १९ को कारण ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ ।
काठमाडाैं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको प्रतियोगिता माघ पहिलो साता गर्ने तय भएको थियो ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता स्थिति अनुकुल भए फागुन पहिलो साता गर्ने संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिएका छन् ।
‘कोरोना भाइरसको बढ्दो लहरका कारण प्रतियोगिता स्थगित गर्नु पर्यो । तर, स्थिति अनुकुल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी रहेको छ’ अध्यक्ष बज्राचार्यले बताए ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तालिका थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
