चैत्र १४, २०८२ शनिबार | ०१:४६:१४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली खेलकुदः टेबल टेनिसमा नेपाल पराजित

एसियाली खेदकुदकाे पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको टेनबल टेनिसकाे  प्रारम्भिक चरणमा नेपालले महिला तथा पुरुष दुवैतर्फको टिम इभेन्टमा हार बेहोरेको छ ।

महिलातर्फ समूह ‘एफ’ अन्तर्गतकाे खेलमा नेपाल सिंगापुरसँग ३-० ले पराजित भएको हाे  ।

गोन्सु कानल स्पोर्टस पार्क जिम्नाजियमा शुक्रबार सम्पन्न एकतर्फी बनेको पहिलो खेलमा नविता श्रेष्ठ जिन्गी झोउसँग ४-११, ३-११ र ४-११ ले पराजित भइन् । यो खेल जम्मा १७ मिनेट चलेको थियो ।

१३ मिनेटसम्म चलेको दोस्रो खेलमा सिक्का सुवालले जियान जिङ्गसँग २-११, १-११ र ४-११ ले स्तब्ध बनिन्। रु-सिङ वाङ्गसँगको खेलमा पनि इभाना थापा मगरको प्रर्दशन फितलो रह्यो । १९ मिनेटसम्म चलेको तेस्रो तथा अन्तिम खेलमा इभानाले ३-११, ७-११ र ४-११ को पराजय ब्यहोरिन् ।

पुरुषतर्फ समूह ‘बी’ को खेलमा नेपाल  जापानसँग ३-० ले पराजित भयाे । नेपालले हार ब्यहोरे पनि रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनै पनि खेलाडीले सेट जितेको यो पहिलो पटक हो ।

पहिलो सेट ११-६ ले आफ्नो पक्षमा पारेका रुविन त्यसपछि भने २-११, ३-११ र ५-११ ले पराजित भए ।

संयोग कपालीले माहारु योशीमुरासँग ७-११, ३-११ र ७-११ तथा विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३ र ११-३ को पराजय ब्यहोरे ।

अब  नेपालले  शनिबार महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो