माघ १८, २०८२ आइतबार | १४:४५:४०
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

एसियाली खेलकुदः टेबल टेनिसमा नेपाल पराजित

एसियाली खेदकुदकाे पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको टेनबल टेनिसकाे  प्रारम्भिक चरणमा नेपालले महिला तथा पुरुष दुवैतर्फको टिम इभेन्टमा हार बेहोरेको छ ।

महिलातर्फ समूह ‘एफ’ अन्तर्गतकाे खेलमा नेपाल सिंगापुरसँग ३-० ले पराजित भएको हाे  ।

गोन्सु कानल स्पोर्टस पार्क जिम्नाजियमा शुक्रबार सम्पन्न एकतर्फी बनेको पहिलो खेलमा नविता श्रेष्ठ जिन्गी झोउसँग ४-११, ३-११ र ४-११ ले पराजित भइन् । यो खेल जम्मा १७ मिनेट चलेको थियो ।

१३ मिनेटसम्म चलेको दोस्रो खेलमा सिक्का सुवालले जियान जिङ्गसँग २-११, १-११ र ४-११ ले स्तब्ध बनिन्। रु-सिङ वाङ्गसँगको खेलमा पनि इभाना थापा मगरको प्रर्दशन फितलो रह्यो । १९ मिनेटसम्म चलेको तेस्रो तथा अन्तिम खेलमा इभानाले ३-११, ७-११ र ४-११ को पराजय ब्यहोरिन् ।

पुरुषतर्फ समूह ‘बी’ को खेलमा नेपाल  जापानसँग ३-० ले पराजित भयाे । नेपालले हार ब्यहोरे पनि रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनै पनि खेलाडीले सेट जितेको यो पहिलो पटक हो ।

पहिलो सेट ११-६ ले आफ्नो पक्षमा पारेका रुविन त्यसपछि भने २-११, ३-११ र ५-११ ले पराजित भए ।

संयोग कपालीले माहारु योशीमुरासँग ७-११, ३-११ र ७-११ तथा विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३ र ११-३ को पराजय ब्यहोरे ।

अब  नेपालले  शनिबार महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।