चैत्र १२, २०८२ बिहीबार | १९:४८:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जुनियर महिला खेलाडीलाई टेबल टेनिसको विशेष कार्यक्रम


काठमाडौं, (खेलाडी)- अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले अखिल नेपाल टेबल टेनिस संघलाई माई जेन्डर माई स्ट्रेन्थ नामक विशेष टेबल टेनिस कार्यक्रम प्रदान गरेको छ ।

महिला जुनियर खेलाडीहरुलाई सशक्तिकरण गर्ने लक्ष्य सहित प्रदान गरिएको कार्यक्रमअन्त्र्गत विभिन्न विद्यालयका शिक्षकहरुलाई समेत लक्षित गरी कार्यक्रम सञ्चालन हुने अखिल नेपाल टेबल टेनिस संघलाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

कार्यक्रमअन्त्र्गत विद्यालयका शिक्षकहरुलाई टेबल टेनिस खेल सम्वन्धि प्रारम्भिक प्रशिक्षण तथा निर्णायक तालिम पनि प्रदान गरिने संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

उपाध्यक्ष बज्राचार्यको संयोजकत्वमा कार्तिक ६ देखि १२ गते सम्म काठमाडौं र विराटनगरमा कार्यक्रम सञ्चालन गरिने छ । अत्याधिक महिला खेलाडीहरुलाई सहभागी गराउने उद्देश्य राखिएको कार्यक्रमको व्यवस्थापन तथा प्रशिक्षण मुख्य प्रशिक्षक सञ्जीव ढुंगेल नेतृत्वको टोलीले गर्नेछ । 

व्यवस्थापन तथा प्रशिक्षण टोलीमा ढुंगेलसहित महिलातर्फकी पूर्व राष्ट्रिय च्याम्पियन एवं प्रशिक्षक सन्ध्या शाक्य, मुना बासुकला र विकेन थापा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो