माघ १७, २०८२ शनिबार | ०४:१२:०२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

किङ्स टिटीका सुमनलाई स्वर्ण

विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस पदक विजेतालगायत

काठमाडौं ।किङ्स टिटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते ।

पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका मुकेश महर्जन पहिलो, किङ्सकै राजीव महर्जन दोश्रो तथा कास्कीका रुपबहादुर गुरुङ र किङ्सका संघरत्न डंगोल तेश्रो भए ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको प्लेटतर्फ कास्कीका किसन जिसी, ललितपुर टिटी क्लबका निम जोशी तथा रिभाइभ हेल्ट क्लबका सुनिल शाक्य र कास्कीका रविन्द्र कँडेल क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतले पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा पुरुष/ महिला सिंगल्ससहित सात स्पर्धाका एक सय ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष/ महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार तथा  दुई हजार पाँच  सय रुपौयाँ प्राप्त गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।