चैत्र ८, २०८२ आइतबार | १२:१८:००
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

किङ्स टिटीका सुमनलाई स्वर्ण

विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस पदक विजेतालगायत

काठमाडौं ।किङ्स टिटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते ।

पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका मुकेश महर्जन पहिलो, किङ्सकै राजीव महर्जन दोश्रो तथा कास्कीका रुपबहादुर गुरुङ र किङ्सका संघरत्न डंगोल तेश्रो भए ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको प्लेटतर्फ कास्कीका किसन जिसी, ललितपुर टिटी क्लबका निम जोशी तथा रिभाइभ हेल्ट क्लबका सुनिल शाक्य र कास्कीका रविन्द्र कँडेल क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतले पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा पुरुष/ महिला सिंगल्ससहित सात स्पर्धाका एक सय ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष/ महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार तथा  दुई हजार पाँच  सय रुपौयाँ प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो