चैत्र १८, २०८२ बुधबार | १६:२७:२९
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

गौरिकाले चौथो इभेन्ट पनि त्यागिन्

पोखरा । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा एक्लै चार स्वर्ण पदक जितेकी त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टाइलको प्रतिस्पर्धा पनि परित्याग गरेकी छिन् ।

अस्वस्थताको कारण भन्दै पौडीको पहिलो दिन शनिबार पनि तीन वटा स्पर्धा परित्याग गरेकी गौरिकाले आइतबार भने हिटमा प्रतिस्पर्धा गरिसकेपछि फाइनल स्पर्धा त्यागेकी हुन् ।

हिटमा उनी आफ्नै क्लबकी डुआना लामासँग पछि परेकी थिइन । हिटमा डुआनाले २ मिनेट १६.३४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दा गौरिकालाई भने २ मिनेट १८.७१ सेकेन्ड लागेको थियो ।

तीन वर्षअघि काठमाडौंमा भएको सागको प्रतियोगितामा गौरिकाले २ मिनेट ०५.०६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जितेकी थिइन ।

जारी प्रतियोगितामा सहभागिता जनाएका ११ मध्ये गौरिकाले त्यागेको यो चौथो इभेन्ट्स हो । आइतबार नै भएको ८०० मिटर फ्रिस्टाइल छोडेकी थिइन् । शनिबार १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेर पनि छाडेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो