माघ १९, २०८२ सोमबार | ००:५३:३७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

पहिलो दिन नेपाललाई आठ स्वर्ण र एक रजत

काठमाडौं। भुटानको थिम्पुमा बिहीबारदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगिताको पहिलो दिन नेपालले आठ स्वर्ण  र एक रजत पदक प्राप्त गरेको छ ।

सिनियर महिला एकल कातामा एलिसा रास्कोटीमगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला २१ वर्षमा सन्जु देशार र पुरुष क्याडेटमा रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा  नेपालले स्वर्ण पदक  हात पारेको नेपाल कराते महासंघका मिडियाको अर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए ।

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

त्यसैगरी सन्जुले फाइनलमा भुटान तथा रेहानले भारतलाई पराजित गरे । जुनियर पुरुष कातामा भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरकै महिला एकल कातामा श्रीलंकासँग पराजित नेपालकी रेनिशा रिमालले रजत पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन भुटानका राजकुमार टासु जिगेलले गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।