चैत्र १२, २०८२ बिहीबार | १६:४७:१५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

इन्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ कांस्य जितेको थियो ।

एरिका गुरुङले नेपाललाई एक मात्र स्वर्ण दिलाएकी थिइन् । १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता पनि रहेकी एरिकालाई ३० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।

रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार रुपैयाँसहित प्रशंसा पत्र पाए । कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकत्रय कुशल श्रेष्ठ, छोरी मैया डंगोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा रसुवा डोजो, सुर्खेत डोजो, भुटानी शरणार्थी क्याम्प र चापागाउँ डोजोलाई ५० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा नेपाल कराते महासंघको आयोजनामा मंसिर १६ देखि १७ गतेसम्म हुने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि सहयोग महासंघलाई स्वरुप १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, ग्लोबलका अध्यक्ष एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, ग्लोबलका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नगद, प्रशंसा पत्र, खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो