माघ १८, २०८२ आइतबार | ११:३०:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौं । ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

इन्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ कांस्य जितेको थियो ।

एरिका गुरुङले नेपाललाई एक मात्र स्वर्ण दिलाएकी थिइन् । १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता पनि रहेकी एरिकालाई ३० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।

रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार रुपैयाँसहित प्रशंसा पत्र पाए । कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकत्रय कुशल श्रेष्ठ, छोरी मैया डंगोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा रसुवा डोजो, सुर्खेत डोजो, भुटानी शरणार्थी क्याम्प र चापागाउँ डोजोलाई ५० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा नेपाल कराते महासंघको आयोजनामा मंसिर १६ देखि १७ गतेसम्म हुने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि सहयोग महासंघलाई स्वरुप १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, ग्लोबलका अध्यक्ष एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, ग्लोबलका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नगद, प्रशंसा पत्र, खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।