१९ औं एसियाली खेलकुद

करातेकी एरिकालाई कम्तिमा रजत पदक

काठमाडौं । नेपालकी कराते खेलाडी एरिक गुरुङले चिनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा कम्तिमा रजत पदक पक्का गरेकी छिन् ।

महिला ६८ केजी तौल समूहमा हङकङकी यान काइ होलाइलाई ८–४ ले पराजित गर्दै एरिका फाइलन प्रवेश गरेकी हुन् । स्वर्ण पदकको लागि कजाकस्तानकी सोफ्या बेर्लुस्सेभाको सामना गर्नेछिन् ।

यसअघि क्वाटरफाइनलमा नेपाली एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी हुन् ।

एसियाडमा नेपालको यो दोस्रो पदक हो । यसअघि महिला कबड्डी टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो । कबड्डीले डेब्युमै पदक जितेको हो ।

यता, नेपालले तेस्रो पटक रजत पदक जितेको हो । तेक्वान्दोबाट सबिता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजत पटक जितेको छ ।

एसियाडको ७२ वर्षे लामो इतिहासमा नेपालले तीन रजतसहित २३ कास्य पदक जितेको छ ।