१९ औं एसियाली खेलकुद

कांस्य पदक बाउटमा विप्लभ पराजित

Biplav shrestha

काठमाडौं । साउदी अरबियाका टारेग अली एम हमिदीसँग ९–१ ले पराजित भएपछि चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली कराते खेलाडी विप्लभलाल श्रेष्ठ कांस्य पदक जित्नबाट बन्चित भएका छन् ।

शुक्रबार भएको कांस्य पदक बाउटमा विप्लभ हमिदीसँग स्तब्ध भएका हुन् ।

पुरुष कुमुतेको ८४ केजी माथिमा प्रस्पिर्धा गरेका विप्लभले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराएका थिए । क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित भएका विप्लभले रिपेजागेको पहिलो खेलमा बाई पाएका थिए । सोही बाईका कारण विप्लभलाई कांस्य पदक बाउट भिड्ने अवसर मिलेको थियो ।

शुक्रबार नै महिला ६१ केजीमा नेपाली खेलाडी निरुपा डोङ लामाको चुनौती पहिलो खेलमै समाप्त भएको थियो । निरुपा बंगलादेशकी हुमैरा अख्तर अन्तरासँग ५–१ ले पराजित भएकी थिइन् ।