१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः निरुपाको यात्रा अन्तिम १६ मै सिमित

काठमाडौं । चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदको करातेमा नेपालकी निरुपा तामाङ दोङको यात्रा अन्तिम १६ मै सिमिति बनेको छ ।

शुक्रबार कुमुतेकाे महिला ६१ केजी मुनिमा प्रतिस्पर्धा गरेकी निरुपा बंगलादेशकी हुमइरा अख्तर अन्तरासँग ५-१ ले पराजित भएकी हुन् ।

यसैगरी पुरुष कुमुतेको ८४ केजी माथिमा विप्लभलाल श्रेष्ठले कांस्य पदकका लागि साउदी अरेबियाका तारेग हामिदको सामना गर्ने भएका छन् ।

विप्लभले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२-४ ले हराएका थिए । क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित भए। विप्लभले रिपोचको पहिलो खेलमा बाई पाएपछि कांस्यका लागि भिड्ने पक्का भएको हो ।