चैत्र ९, २०८२ सोमबार | २०:२१:५१
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

मन्देकाजीको कराते मन

मध्यपुर थिमिका रैथाने मन्देकाजी श्रेष्ठ आफैलाई थाहा थिएन करातेप्रतिको मोह कतिबेला बस्यो भनेर । आफ्नै घरअगाडि नै सेता पोसाकमा लगाएका युवाहरू जोसजाँगरका साथ करातेको तालिम लिइरहेका हुन्थे । मन्देकाजी पनि उनीहरू नजिक जान्थे र त्यसबारेमा खुबै चासो राखेर घोरिन्थे । यही क्रममा चल्दाचल्दै उनभित्र पनि कराते मोह जाग्न थालिसकेछ । उनी आफ्नै घरअगाडिको थिमि डोजोमा झ्यालबाहिरबाट भित्र हुने अभ्यास नियाल्न थाले । दैनिकजसो उनी यसै गर्न पुग्थे । 

एकदिन मन्देकाजीले झ्यालबाट करातेको प्रशिक्षण हेरिरहेको बुबा बाबुकाजीले देखेछन् । उनलाई च्याप्प समातेर सोधिहाले, ‘तिमीलाई पनि त्यसरी खेल्न मन लागेको छ हो ?’ बुबाको त्यो प्रश्न सुन्नेबित्तिकै मन्देकाजीलाई खुसीले के भनौं के नभनौं भयो । तर, उनले ‘हो’ भनेर बुबालाई भने ।

त्यसपछि काकासँगै थिमि डोजोमा मन्देकाजी कराते सिक्न जान थाले । त्यतिबेला उनी १० वर्षका थिए । थिमिमा उनका पहिलो गुरु थिए सजन श्रेष्ठ । उनकै प्रेरणा र सिकाइबाट हुर्किएका मन्देकाजीले अहिले ऐतिहासिक सफलता प्राप्त गरिसकेका छन् । 

दुई वर्षअगाडि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेर नेपाली करातेका लागि इतिहास रचे । 

यसबीच मन्देकाजीका संघर्षका कथा भने लामै छन् । थिमिमा केही वर्ष कराते सिकेपछि उनले केही प्रतियोगिता पनि जिते । त्यो जितबाट उनमा थप विजयको महत्वाकांक्षा जागिहाल्यो । अझ भनौं, देशको झन्डा बोक्ने लक्ष्य बनाए । यदि खेल हार्यो भने पनि बुबाआमा बाबुकाजी र मन्दिराले हौसला दिइरहन्थे । 

‘खेल हार्दा म निकै निरास हुन्थें । तर, बुबाले तिमीले एउटा खेल हारेका हौं । सबैथोक गुमाएका त होइनौं र नआत्तिकन खेल भन्नुहुन्थ्यो । त्यसैले पनि करातेमा लागिरहन मलाई प्रेरणा मिल्यो,’ मन्देकाजी सम्झन्छन् । 

मन्देकाजी २०५७ सालदेखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्थे । करिब २० वर्ष राष्ट्रिय टोलीबाट खेले पनि सफलता चुम्न उनले निकै संघर्ष र पीडा भोग्नुपरेको छ । 

सन् २००६ को दसौं सागदेखि उनी पदक जित्न चाहन्थे । तर, उनको लक्ष्यले भने पूर्णता पाउने सकेन । पहिलो गाँसमा नै ढुंगा भने जस्तै भयो । छनोट चरणमा नै असफल भए । रेफ्रीको गल्तीमा आफूले सजाय भोग्नुपरेको उनको गुनासो हुने गर्छ । र, पनि मन्देकाजीले हिम्मत हारेनन् । आफ्नो प्रशिक्षण यात्रालाई निरन्तरता दिइरहे । 

बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने लक्ष्य बनाएर अगाडि बढे उनी । सन् २०१० को जनवरीको अन्त्यमा नै ढाकामा ११औं साग आयोजना हुँदै थियो । सोही लक्ष्य राखेर करातेको राष्ट्रिय टोली थाइल्यान्डमा प्रशिक्षण गरिरहेको थियो । 

साग आयोजनाका लागि पाँच दिन मात्र बाँकी थियो, जहाँ मन्देकाजीले ठूलो पीडा भोग्नुपर्यो । त्यतिबेला प्रशिक्षक दीपक श्रेष्ठ निरास हुँदै खेलाडी नजिक पुगे । मन्देकाजीले सोधिहालें, ‘के भयो गुरु ?’ दीपकले जवाफ दिए ‘सबै खत्तम भयो ।’  

त्यतिबेला पुलिसबाट खेलेका उनी छनोट चरण पार गरेर राष्ट्रिय टोलीमा परेका थिए । करिब तीन महिना देशमा तयारीपछि नेपालको कराते टोली वैदेशिक अभ्यासका लागि थाइल्यान्ड पुग्यो । त्यहाँ एक महिना मन्देकाजीसहित टोलीले अभ्यास गरेको थियो । 

साग आयोजनाका लागि पाँच दिन मात्र बाँकी थियो, जहाँ मन्देकाजीले ठूलो पीडा भोग्नुपर्यो । त्यतिबेला प्रशिक्षक दीपक श्रेष्ठ निरास हुँदै खेलाडी नजिक पुगे । मन्देकाजीले सोधिहालें, ‘के भयो गुरु ?’ दीपकले जवाफ दिए ‘सबै खत्तम भयो ।’  

दीपकले त्यतिबेला सुनाए, ‘हामी यहाँ १५ खेलाडी छौं, यीमध्ये राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० जनामात्र सागमा पठाउने भएछ ।’ त्यो निर्णयअनुसार मन्देकाजी टोलीबाट बाहिरिने पक्का भयो । 

पुलिसबाट नै खेल्ने काता टिमका मन्देकाजीसहित चन्चला दनुवार, सुमन लामा, नीरबहादुर मोक्तान र केदार सिम्खडाको टोली ११औं सागबाट बाहिरिनुपर्यो । 

‘त्यो सुनेपछि हामी सबै थाइल्यान्डमा रातभर रोयौं । त्यो मेरो जीवनकै सबैभन्दा ठूलो पीडाको क्षण थियो । त्यसपछि प्रशिक्षण पनि गरेनौं र देश फर्कियौं,’ मन्देकाजीले भावुक हुँदै त्यो क्षण सुनाए । देश फर्किएपछि उनीहरूलाई राखेपका तत्कालीन सदस्यसचिव हरिबाबु चौधरी र नेपाल कराते महासंघले ग्वान्झाउ एसियाडमा पठाउने आश्वासन दिएका थिए । 

यद्यपि मन्देकाजीलगायत खेलाडी विश्वस्त भने थिएनन् । उनीहरूले कागज गरिदिन आग्रह गरे पनि परिषद्बाट सुनुवाइ भएन । पछि ग्वान्झाउबाट एसियाडमा लगिदिने आश्वासनबाट पनि परिषद्ले मुख मोड्यो । 

तर मन्देकाजीले हरेस खाएनन् । फेरि मिहिनेत गर्छु र साग खेल्छु भन्ने लक्ष्यमा उनी विचलित भएनन् । आफ्नो तयारीलाई निरन्तरता दिइरहे । भाग्यले साथ दिएन भने जति गरे पनि सफलता पाइँदैन भनेजस्तै मन्देकाजीले फेरि पनि त्यस्तै भोगे । किनकि भारतले १२औं सागमा कराते खेल नै समावेश गरेन । आयोजक भारतमा करातेको आन्तरिक विवादले गर्दा कराते समावेश हुन पाएन । फेरि पनि उनको लक्ष्यप्राप्ति क्रमभंग भयो । 

१२औं सागमा खेलाडीको रूपमा जानुपर्ने मन्देकाजी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघको प्रतिनिधित्व गर्दै त्यहाँ सहभागी भए । त्यहाँ गएर प्रतिस्पर्धा हेर्दा उनको मन भारी हुन्थ्यो । 

‘म आफैं खेल्ने थिएँ भन्ने सम्झना आयो । त्यसैले पीडाबोध भयो,’ मन्देकाजी सुनाए । उनी उमेरमा पनि पाको भइसकेका थिए । नेपालमा पनि साग आयोजनाको मिति सरेको सर्यै थियो । त्यसैले खेल्न सक्दिनँ कि भन्ने चिन्ता उनमा नभएको होइन । तर, जसोतसो साग आयोजना हुने नै भयो । 

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत कातामा स्वर्ण पदक जितेपछि मन्देकाजी क्याम्पमा परेका थिए । तर, छनोटबाट सागको टोली तय हुँदै थियो । छनोट नजिक हुँदा शरीरभरि ठेउला आएर मन्देकाजी अस्पताल भर्ना भए । अस्पताल बस्दा दुखाइको पीडाभन्दा पनि १३औं खेल्न पाउँदिनँ कि भन्ने पीडाले उनलाई बढी दुख्थ्यो । उनी निकै कमजोर पनि भइसकेका थिए । 

सागका लागि छनोट हुँदा युद्ध जितेजस्तै लागेको थियो उनलाई । स्वर्ण जित्दाभन्दा छनोट हुँदा धेरै भावुक भएको उनको अनुभव छ । कराते महासंघले व्यक्तिगत कातामा पहिलो भएकाले टिम कातामा पनि उनलाई राख्यो । 

‘मन्देकाजीलाई मेडिकल डिसक्वालिफाइड गर्नुपर्छ भन्ने कुरा पनि उब्जिए । छनोट आउन १० दिन जति बाँकी थियो,’ मन्देकाजीले स्मरण गरे, ‘छनोट भएपछि मात्र ढल्छु भन्ने लाग्यो । त्यसैले दुखेर पनि अभ्यास गर्न थालें र छनोट खेलें । विदेशी रेफ्री ल्याएकाले फेयर निर्णय हुने पक्का थियो र त्यसैले छनोट पनि भएँ ।’

सागका लागि छनोट हुँदा युद्ध जितेजस्तै लागेको थियो उनलाई । स्वर्ण जित्दाभन्दा छनोट हुँदा धेरै भावुक भएको उनको अनुभव छ । कराते महासंघले व्यक्तिगत कातामा पहिलो भएकाले टिम कातामा पनि उनलाई राख्यो । 

यद्यपि एउटा व्यक्तिलाई दुई विधामा राख्न हुँदैन भन्ने विरोध पनि आएका थिए । तर, यसपटक भाग्य मन्देकाजीको साथमा थियो । त्यसैले उनले दुई विधामा प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यो अवसरलाई उनले सदुयोग पनि गरे । २० वर्षपछि घरेलु मैदानमा भएको सागमा मन्देकाजीले व्यक्तिगत काता र टिम काता दुवैमा स्वर्ण जिते । 

उनको स्वर्ण १३औं सागमा नेपालले जितेको पहिलो पदक नै थियो, जहाँ नेपाल पदकतालिकामा ऐतिहासिक सफलता प्राप्त गर्दै दोस्रो पनि भयो । पटकपटक खेल्नबाटै वञ्चित भएका मन्देकाजीले पहिलो प्रतिस्पर्धामा नै दुई स्वर्ण जितेर आफूलाई प्रमाणित गरे । २० वर्षदेखिको संघर्षले सार्थकता पनि पायो । 

‘सायद विभाग (नेपाल प्रहरी) को साथ नभएको भए म यहाँसम्म आइपुग्ने थिइनँ होला । मलाई करातेमा रहिरहन विभागको साथ रह्यो,’ मन्देकाजीले भने, ‘आज स्वर्ण पनि जितें ।’ 

अब एक दुई वटा अन्तर्राष्ट्रिय खेल खेलेर संन्यास लिने उनको योजना छ । त्यसपछि आफैंले स्थापना गरेको शंखधर डोजोबाट खेलाडी उत्पादन गर्ने उनले लक्ष्य राखेका छन् । सोही डोजोको आयोजनामा उनले गत महिनामात्र अन्तर नगरपालिका कराते च्याम्पियनसिप आयोजना पनि गरे । 

‘मैले खेल्दा जुन सुविधा पाइनँ, त्यो सुविधा खेलाडीलाई दिएँ,’ मन्देकाजीले भने, ‘हामीले मेडलका भरमा चोट लिएर फर्कनुपर्ने अवस्था थियो । त्यही सम्झेर पनि विजेतालाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीलाई साइकल व्यवस्था गरिदिए ।’ 

अब उनको योजना यो प्रतियोगितालाई निरन्तरता दिने हुनेछ । उनले डोजोबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो