१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः करातेमा नेपालको खराब सुरुआत

सांकेतिक तस्बिर

काठमाडाैं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको करातेमा बिहीबार नेपालले खराब सुरुवात गरेको छ।

पहिलो दिन प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी पराजित भए । पुरुष व्यक्तिगत कातामा नेपालका सोनिम मानन्धर पहिलो चरणबाटै बाहिरिए ।

६ जनाले प्रतिस्पर्धा गरेको यो समूहमा उनी पाँचौ स्थानमा रहे । ३८.३० स्कोर गरेका सोनिमले कतारका खेलाडीलाई मात्र पछि पर्न सकेका थिए । यो समूहबाट चार खेलाडी अघिल्लो  चरणमा  पुगेका छन्।

महिला व्यक्तिगत कातामा एलिसा रास्कोटी मगर ८ खेलाडी मध्ये छैटौं स्थानमा रहँदा अर्को चरणमा पुग्न सकिनन्। कम्बोडिया र बंगलादेशी खेलाडीलाई मात्र पछि परेकी एलिसाले ३७.३० स्कोर गरिन् ।

कुमुतेर्फत ७५ केजी तौल समूहमा नेपालका मोहमद अलामको यात्रा अन्तिम १६ बाट अगाडि बढ्न सकेन । उनलाई काजकिस्तानका खेलाडीले ५-० ले पराजित गरेका थिए । रिपाचेमा पनि मोहमद किर्गिस्तान खेलाडीसँग १-० ले स्तब्ध बने ।