वादोरियो कराते

योङ्ग हार्ट्स च्यापम्पियन

काठमाडौं । योङ हार्ट्स स्कुल, जोरपाटी सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

योङ हार्ट्स ११ स्वर्ण, पाँच रजत र सात काँस्यसहित च्याम्पियन बनेको हो । दोस्रो हुन सफल मदर्स ईन्टरनेसनल स्कुलले आठ स्वर्ण, चार रजत र तीन  कांस्य पदक तथा तेस्रो भएको नव दिक्षित पाठशालाले तीन स्वर्ण तीन रजत र चार कांस्य पदक जिते । 

मेन डोजो चक्रपथ अनुशासित टोली घोषित भयो । योङ हार्ट्सका समीर लामा पुरुष तथा रन्जना चाम्लिङ महिलतर्फ उत्कृष्ट खेलाडी चुनिए । भिजनका रोशन लामा तथा एभरेस्ट स्कुलकी प्राथना बज्राचार्य उदियामान खेलाडी घोषित भए ।

प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी, विधालयका प्रधानध्यापक बाबुराम गौतम, वादोरियो कराते डो संघका उपाध्यक्ष यादबलाल श्रेष्ठ, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, प्रशिक्षक सूर्य राई, केन्द्रीय सदस्य लक्ष्मी रिजाल शर्मालगायतले पुरस्कृत गरे ।  ।