वैशाख २६, २०८२ शुक्रबार | १५:१९:०२
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

नेपाल टिम च्याम्पियन

काठमाडौं । नवौं इन्डो-नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ ।

पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला/ पुरुषमा समान १० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा नेपालले २१ तथा भारतले एक स्वर्ण  जिते ।

पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने ।

प्रतियोगिताको पहिला दिन ६ स्वर्णको छिनोफानो भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए ।

महिला २० केजीमा नेपालकी आरती गुप्ता, २५ केजीमा सजिना तामाङ, ३० केजीमा सलिना लामा, ३५ केजीमा लक्ष्मी वाइबा, ४० केजीमा प्रेशा राई, ४५ केजीमा अनुरती कार्की र ५० केजीमा अपेक्षा मगरले स्वर्ण जिते ।

त्यस्तै ५५ केजीमा कृपा बिनानीले स्वर्ण जितिन् । ६० केजीमा दिनका राई र खुल्ला तौलसमूहमा लीन राईले स्वर्ण जितिन् । कातातर्फ अपेक्षा मगरले स्वर्ण जितिन् ।

पुरुषतर्फ २० केजीमा अरुण तामाङ, २५ केजीमा ड्यानियल तामाङ, ३० केजीमा आरोग्य पौडेल, ३५ केजीमा देवेन्द्र मगर, ४० केजीमा श्रीयांश शाहीले स्वर्ण जिते ।

त्यस्तै ४५ केजीमा नीमा तामाङ, ५० केजीमा पुजन राई, ५५ केजीमा प्रज्वलसिंह कार्की, ६० केजीमा दावा शेर्पा र खुल्ला तौलसमूहमा सुरेश तामाङले स्वर्ण हात पारे ।

 काठमाडौंको हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराते डो संघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका २० डोजो तथा विद्यालयका २ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP