आइएफके फुल कन्ट्याक्ट कराते

विवेक, निरज, सन्देश र शेख सेमिफाइनलमा

काठमाडौं । धादिङका विवेक श्रेष्ठ र काठमाडौंका निरज दुदराज, ललितपुरका सन्देश नगरकोटी र काठमाडौंका शेख रिज्वान दोश्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको नेता सन्तु दराईले एक कार्यक्रमबीच उद्घाटन गरे ।

इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्धारा आयोजित प्रतियोगितामा एक सय २५ खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः पाँच हजार, दुई हजार पाँच सय र एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।