सो-क्योकुसिन कराते प्रतियोगिता

काठमाडौंका राहुल सेमिफाइनलमा

ललितपुर । काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो-क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौल समूहमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टीका भैरव सो-क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले शुक्रबार सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे ।

टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित गोलेलाई हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको संघीय सांसद उदयशमशेर राणाले  जुरी राजन गहतराजलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरेका थिए । सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट करातेका स्वर्ण विजेता सुनिल घलान र उसुका राष्ट्रिय खेलाडी शिवजी सिलवाललाई सम्मान गरिएको थियो ।

 प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ गरी सात  स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शनिबार सकिने प्रतियोगितामा एक सय ५० खेलाडी सहभागी छन् ।