सो-क्योकुसिन कराते प्रतियोगिता

राष्ट्रव्यापी सो-क्योकुसिन कराते शुत्रबारदेखि हुने

काठमाडौं । टीका भैरव सो-क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो-क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

 पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूह तथा महिलातार्फ खुला तौलसमूहमा खेल हुनेछ। प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ ।