एसियाली खेलकुद

एसियाडका लागि करातेका आठ खेलाडी छनोट

तस्बिरः राष्ट्रिय खेलकुद परिषद्(राखेप)

काठमाडौं । आगामी असोज ६ देखि २१ गतेसम्म चीनमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि करातेका आठ खेलाडी छनोट भएका छन् ।

मंगलबार र बुधबार सञ्चालन भएको छनोट प्रतियोगिताबाट कुमुतेका ६ र एकल काताका दुई खेलाडीले एसियाडमा स्थान पक्का गरेका हुन् । जसमा समान चार महिला तथा पुरुष खेलाडी छन् ।

महिला ६७ केजीमाथि तौल समूहमा आरिका गुरुङ, ६१ केजीमुनिमा निरुपा तामाङ, ५५ केजीमुनिमा सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटीले एसियाडका लागि स्थान सुरक्षित गरे ।

यसैगरी पुरुष ६० केजीमुनी तौल समूहमा सन्तोष श्रेष्ठ, ६७ केजिमुनिमा मोहम्मद शेख आलाम, ८४ केजीमाथिमा विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भए ।