इन्डो-नेपाल खुला कराते प्रतियोगिता

भारतमा नेपाललाई ४ स्वर्ण

प्रथम इन्डो-नेपाल करातेका पदक विजेता

काठमाडौं ।  प्रथम इन्डो-नेपाल खुला कराते प्रतियोगितामा  नेपालले चार स्वर्ण जितेको छ ।

नेपालले थप तीन रजत र दुई कांस्य पदक पनि जितेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् ।

भारतको भिषाखापट्नममा मे २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा सागर काफ्ले, शब्द कुँवर, अर्पण भण्डारी र विवेक विकले स्वर्ण जिते । 

 सागरले रजत पनि हात पारे । यसैगरी सावित्री भण्डारी र मनिष रोका मगरले रजत तथा सुगन बस्याल र विशन थापा मगरले कांस्य प्राप्त गरे ।