वादोरियो कराते

१३ सदस्यीय वादोरियो कराते टोली मलेसिया जाने

काठमाडौं । १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दै छ ।

आगामी मे १२ देखि १४ सम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का र ३५ केजीमा रिदेश बस्याल तथा महिला २५ केजीमा प्रसिद्धि शर्मा, ४० केजीमा समिक्षा सार्की, ४५ केजीमा वैश्नवी वर्मा र ५० केजीमा आकृती कँडेलले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य अन्जन धमला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतले बिदाइ गरे ।