वैशाख २६, २०८२ शुक्रबार | १५:१०:४८
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

आयुश र विना सर्वोत्कृष्ट

काठमाडौं । भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमुनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरेका थिए । यो स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कास्य जिते ।

महिलातर्फ विनुले २५ केजीमुनि तौलसमूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन् । तोयोकान नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डोजोकी प्रसन्ध्या कार्कीले कास्य हात पारे  ।

रतियोगितामा सात स्वर्ण, दुई रजत र सात कास्य जित्दै भृकुटी डोजो टिम च्याम्पियन समेत बनेको छ ।

च्याम्पियन मार्शल आर्ट चार स्वर्ण, तीन रजत र एक कास्यसहित दोस्रो हुँदा तीन स्वर्ण र  दुई कास्य जितेको थैव डोजो तेस्रो भयो ।

काठमाडौको मनास्लु वर्ल्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डोजो र केहि जिल्लासमेत गरी तीन सय ६५ खेलाडीको सहभागिता थियो । महिला र पुरुष दुवै विधामा आठ तौलसमूह, खुला र काता गरी समान १० स्वर्णका लागि प्रतिस्पर्धा भएको  थियो।

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल गोजुरियो कराते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमुनि तौलसमूहमा भृकुटी डोजोका आयुश अधिकारी, ३० केजीमुनि तौलसमूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि तौलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमुनि तौलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जिते ।

त्यस्तै ४५ केजीमुनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमुनि तौलसमूहमा वालवालिका डोजोका बुद्ध मोक्तान, ५५ केजीमुनि तौलसमूहमा भृकुटी डोजोका निशान घले र ६० केजीमूनि तौलसमूहमा नेपाल हायासी हा का लिजन साउदले स्वर्ण हासिल गरे ।

पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डोजोका अनिल बरामलाई पराजित गरी स्वर्ण  जिते । वालवालिका डोजोका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कास्य जिते ।

कातातर्फ थैव डोजोका अन्जन एस्माली मगरले स्वर्ण पदक जिते । मनासलु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डोजोका वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य हात पारे । 

महिलातर्फ २५ केजीमुनि तौलसमूहमा अरनिकनो स्कुलकी विना तामाङ, ३० केजीमुनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगर, ३५ केजीमुनि तौलसमूहमा भृकुटी डोजोकी एलिशा गुरुङ, ४० केजीमुनि तौलसमूहमा वालवालिका डोजोकी सुनिता तामाङले स्वर्ण पदक जिते ।

४५ केजीमुनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमुनि तौलसमूहमा सरस्वती डोजोकी शर्मिला वाइबा, ५५ केजीमुनि तौलसमूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डोजोकी सन्ध्या खनालले स्वर्ण हात पारे ।

खुलातर्फ वालवालिका डोजोकी आरती राइले फाइनलमा कालिका सदनकी सविना तामाङलाई हराएर स्वर्ण जितिन् । कातातर्फ भृकुटी डोजोकी सुनिता तामाङले स्वर्ण जित्दा नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत जितिन् । नागादेस डोजोकी मिस्टी श्रेष्ठ र नेपाल हायनसी हाकी पूर्णिमा रानामगरले कास्य जिते ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP