अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप

अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलिया । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवस श्रेष्ठले स्वर्ण पदक जितेका छन् । दिवसले ८४ केजिमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन ।

दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई पराजित गरे । दिवसले घरेलु भुमीमा सम्पन्न १३ औं दक्षीण एसियाली खेलकुद (साग) मा रजत जितेका थिए ।

यस्तै नेपालले थप चार कास्य पदक जितेको छ । ६७ केजि मुनिको तौल समूहमा नवीन रसाईली र राजिव पुडासैनीले कास्य जिते । नवीन १३औं सागका स्वर्ण पदक विजेता हुन भने राजिव सागका कास्य पदक विजेता खेलाडी हुन ।

६० केजि मुनिको तौल समूहमा मनिस थापा क्षेत्री कास्य जिते । महिलातर्फ ५५ केजि मुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जितिन । शेखर श्रेष्ठ क्वाटरफाइनलमा अस्ट्रेलियन खेलाडीसंग पराजित भए ।

सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोरो स्वर्ण विजेता तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।