वैशाख २६, २०८२ शुक्रबार | १५:१९:५५
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडाैं । क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिाका थारु २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनिमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष खुलामा नेपाल आर्मीका विनय सिंह, एपिएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङतान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आइकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्माले क्वार्टरफाइनलमा स्थान बनाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) मा भएको प्रतियोगिताको महिला खुलामा आर्मीकी मन्जु विक, एपिएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वार्टरफाइनलमा पुगे ।

प्रतियोगिताको उद्घाटन संघीय सांसद् पशुपतिशमशेर जबराले  गरेका थिए । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

४ स्पर्धा समावेश प्रतियोगितामा ६५ पुरुष  तथा ५५  महिला खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP