कन्ट्याक्ट कराते प्रतियोगिता

फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २२ र २३ गते हुने

काठमाडौं । नेपाल क्योकुशिन कराते-डो संघ बज्र (आइ.के.ओ.बी.) अन्तर्राष्ट्रिय कराते संगठनको वार्षिक कार्यक्रम अन्तर्गत ‘२१औं राष्ट्रिय पुरुष खुल्ला एवं १४औं राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता यही वैशाख २२ र २३ गते हुने भएको छ ।

 आयोजक नेपाल क्योकुशिन कराते-डो संघ बज्रले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा सातै प्रदेशबाट पुरुष खुल्लातर्फ ६५ जना र महिला तौल समूहतर्फ ५५ जना खेलाडीहरुले भाग लिने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ ।

आयोजकले पुरस्कार रकमका बारे भने खुलाएको छैन ।