वादो कराते प्रतियोगिता

वादो कराते प्रतियोगिता: महालक्ष्मी टिम च्याम्पियन

काठमाडौं । महालक्ष्मी नगर लुभु डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मीले ५ स्वर्ण, १ रजत र ४ कास्य जितेको थियो ।

आइडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कास्यकासाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पारेको थियो ।

प्रतियोगिताको पुरुषमा ठैब डोजोका आकाश लोप्चन तथा महिलामा बडीखेलकी उर्षला पहरी उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा सिन्धुपाल्चोकका अन्जन पुरी तथा महिलामा केजेडआईकी जुना तामाङ उदियमान खेलाडी चुनिए ।

विजेतालाई संघीय सांसद् उदयशम्शेर राणा, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, आयोजक आईडब्लुएफएन कराते, ठैब डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्रले  गरेका थिए ।

ठैबस्थित ब्लु बर्ड स्कुलमा भएको प्रतियोगितामा कातासहित पुरुष/ महिलामा समान ११ गरी २२ स्पर्धामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।