वादोरियो कराते

पाँच सदस्यीय नेपाली वादोरियो कराते टोली श्रीलंका प्रस्थान

काठमाडौं । तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली वादोरियो कराते टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् ।

मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० केजीमा श्रेया राईले प्रतिस्पर्धा गर्ने छिन् ।

सोही प्रतियोगिताका लागि टोली नेता दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी र व्यवस्थापक जनेश पन्थी भने बुधबार श्रीलंका प्रस्थान गर्दै छन् ।


टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।