माघ १८, २०८२ आइतबार | १३:४७:०८
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

सूर्य नेपाल गल्फ टुर : जयरामलाई सिजनको पहिलो उपाधि

काठमाडौं । जयराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।

६८ पारको रोयल नेपाल गल्फ क्लबमा बिहीबार चार अन्डर ६४ खेलेका जयरामले समग्रमा नौं अन्डर दुई सय ६३ को स्कोरसहित उपाधिमा कब्जा जमाउँदा नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो भए । बिहीबार दुई अन्डर खेलेका नगरकोटीको समग्र स्कोर सात अन्डर दुई सय ६५ थियो । यसैगरी इभन पार खेलेका दीनेश प्रजापती (२६७) तेस्रो भए ।

उपाधिसँगै जयरामले एक लाख १० हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता भुवनले ७४ हजार तथा दीनेशले ६० हजार रुपैयाँ हात पारे ।

कुमार कामी, भुवनकुमार रोक्का र अग्रस्थानमा रहेर अन्तिम दिनको खेल सुरु गरेका रवि खड्काले समान तीन अन्डर दुई सय ६९ स्कोरका साथ संयुक्त रुपमा चौथो स्थानमा चित्त बुझाए । चौथो हुने तीनैजनाले जनही ४२ हजार रुपैयाँ पुरस्कार पाए ।  

यसैगरी शुक्रबहादुर राई (२७०) सातौं हुँदा धनबहादुर प्रजापती र संजय लामा (समान २७४) संयुक्त रुपमा आठौं भए । विनोद तामाङ (२७७) दशौं भए । पुरस्कारस्वरुप शुक्रबहादुरले ३२ हजार रुपैयाँ पाउँदा धनबहादुर र संजयले समान २६ हजार पाँच सय तथा विनोदले २३ हजार रुपैयाँ प्राप्त गरे ।

एमेच्योरतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदकधारी सुवास तामाङले दुई अन्डर दुई सय ७० स्कोरसहित उपाधि जिते । मेजर निश्चयजंग रायामाझी (२९३) दोस्रो तथा विदुर तामाङ (२९५) तेस्रो भए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।