फाल्गुन ६, २०८२ बुधबार | ००:४८:४६
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

रेकर्ड स्कोरमा भुवनलाई उपाधि

पोखरा ।  पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटीले रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्।

 भुवनले ५४ होलको प्रतियोगितामा १०-अन्डर १९७ को स्कोरसहित उपाधि जित्दा पोखरास्थित हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९-अन्डरको रेकर्ड तोडेका हुन्। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए।

 प्रतियोगिताको अन्तिम दिन शुक्रबार इभन-पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०-अन्डर १९७ को सानदार स्कोरमा करियरको ११औं उपाधि जितेका हुन्। भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए। उपाधिसँगै भुवनले १ लाख ४० हजार रुपैयाँ  हात पारे। सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपनपछि उनले जितेको यो पहिलो उपाधि हो।

प्रो रवि खड्का र एमेच्योर सद्भाव आचार्यले समग्रमा २-ओभर २०९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सद्भाव दुवैले आज १-ओभर ७० मा खेल सकाए। रविले ९६ हजार रुपैयाँ  प्राप्त गरे। एमेच्योरतर्फ सद्भावले उपाधि जिते। उनले प्रज्वल गुरुङलाई १३ स्ट्रोकले पछि पारे । दोस्रो भएका प्रज्वलले १५-ओभर २२२ स्कोर गरे।

 प्रो निरज तामाङले आज इभन-पार ६९ मा खेल सकाउँदा समग्रमा ४-ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे। उनले ७२ हजार रुपैयाँ आफ्नो नाममा लेखाए। भेट्रान प्रो दीपक मगरले समग्रमा ६-ओभर २११ सहित चौथो भए। आज उनले इभन-पार ६९ मा खेल सकाए। चौथो भएका उनले ५९ हजार रुपैयाँ हात पारे।

शीर्ष तीन

समग्रमा १०-ओभर २१७ बनाएका प्रदीपकुमार लामा पाँचौ भए। उनले आज ४-ओभर ७३ मा खेल सकाए। उनी ५० हजार रुपैयाँ को हकदार बने।

यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११-ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। अन्तिम दिन बलभद्रले ४-ओभर ७३, भुबहादुरले ३-ओभर ७२ र सञ्जयले १-ओभर ७० मा खेल सकाए।

दलबहादुर लामा र दिनेश प्रजापतीले समग्रमा १३-ओभर २२० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार रुपैयाँ हात पारे। दलले आज ६-ओभर ७५ र नीरजले ३-ओभर ७२ मा अन्तिम दिनको खेल सकाए।

११ स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको सुरूवात गरेका भुवनलाई अन्य कुनै पनि गल्फरले चुनौती दिन सकेनन्। उनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे। उनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए। यो क्रममा उनले १४औं र १८औं होलमा एक(एक सट खेर फाल्दा १५औं र १६ औं होलमा बर्डी प्रहार गरे।

रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन। ३-ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे। तेस्रो होलमा एक सट बचाए। ब्याक नाइनमा सम्हालिदै १५औं र १८औं होलमा दुई बर्डी प्रहार गरे। ब्याक नाइन २-अन्डर ३३ मा पुरा गरे।

संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन-पार ३४ मा पुरा गरे। उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे। यसपछि १०औं र १३औं होलमा एक/एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे।

निरजले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन १-अन्डर ३४ मा सकाए। दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक/एक सट खेर फाले। यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औ, १५औं र १८औं होलमा एक/एक सट बचाए।

सद्भाव आचार्य

 सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता  थियो।

कुल ८ लाख ४० हजार रुपैयाँ  पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघ कास्कीका अध्यक्ष जीवराम गुरुङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन्।

 


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||