चैत्र ११, २०८२ बुधबार | ०२:२३:२२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

सूर्य नेपाल वेस्टर्न ओपनः पहिलो दिन भुवनलाई अग्रता

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्।

पोखरास्थित हिमालयन गल्फ क्लबमा‌ पुर्व नम्बर एक प्रो भुवन ३-अन्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन्।

एमेच्योर खेलाडी सद्भाव आचार्य २-अन्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। रवि खड्का र निरज तामाङले इभन-पार ६९ को स्कोरमा संयुक्तरुपमा तश्रो स्थान बाँडे।

१-ओभर ७० सहित धनबहादुर थापा पाँचौ स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर कार्की २-ओभर ७१ सहित संयुक्त रूपमा छैटौं स्थानमा रहे। बलभद्र राई, भुवन कुमार‌ रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३-ओभर ७२ को‌ स्कोरमा संयुक्त रूपमा आठौं स्थानमा छन्।

लिडर भुवनले दोश्रो होलमा बर्डी प्रहार‌ गर्दै फ्रन्ट नाईनमा‌ १-अन्डर ३३ मा पुरा गरे। यस पछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाइन २-अन्डर ३५मा सकाए। भुवनले ११औं, १५औं र १८औं होलमा एकर एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरे।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सद्भावले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन  -अन्डर ३४ मा सकाए। उनले तेश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यस पछि १२औं होलमा बोगी खेपेका सदभावले १३औं र १५औं होलमा बर्डी प्रहार‌ गरे।

पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए र ब्याक नाईनमा‌ इभन पार ३५ खेले। चौंथो र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे। यस पछि १०औं होलमा बर्डी प्रहार गरे भने रविले १८औं होलमा एक सट खेर फाले।

निरजले फ्रन्ट नाईनमा‌ बोगी रहित १-अन्डर ३३ खेल्दा‌ ब्याक नाइनमा‌ १-ओभर ३६ खेले। उनले तेश्रो होलमा बर्डी प्रहार गरे। यसपछि निरजले १३औं र १५औं होलमा बोगी खेपे भने १४औं होलमा एक सट जोगाए।

तीन दिने प्रतियोगिता५४ होलको हुनेछ।  सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता छ।

साबिक विजेता तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागीता जनाएका छैनन्।

गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन्। पूर्व नम्बर एक एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालिफाइङ स्कुलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन्।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउने छन्।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन्। साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन्।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो