चैत्र १४, २०८२ शनिबार | ०२:१८:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सूर्य नेपाल गल्फ टुरः दिनेश र जयराम उपाधिका लागि भिड्ने

काठमाडौं । साबिक विजेता दिनेश प्रजापतीले सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि चौथो वरीयताका जयराम श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरीयताका दिनेशले १६ औं होलमा जित हात पारे पारे। दिनेशले सातौं वरीयताका रामे मगरलाई ३/२ ले हराउँदै लगातार दोस्रो फाइनलमा स्थान बनाए।

अर्को सेमिफाइनलमा जयरामले नवौं वरीयताका भुवनकुमार रोक्कालाई अन्तिम होलमा हराए। नवौं होलको समाप्तीमा जयरामले एक होलको अग्रता बनाएका थिए। भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए। तर १६ औं र १७ औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे।

यसअघि बिहीबार नै भएको क्वार्टरफाइनलमा नवौं वरीयताका भुवनकुमार रोक्काले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरीयताका उपाधि दावेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वार्टरफाइनलमा पाँचौं वरीयताका सञ्जय लामालाई २/१ ले हराएका थिए।

अर्को क्वार्टरफाइनलमा दिनेशले छैटौ वरीयताका रवि खड्कालाई अन्तिम होलमा हराए । यस्तै रामेले क्वार्ट रफाइनलमा १५ औं वरीयताका प्रदीप कुमार लामालाई २/१ ले स्तब्ध बनाए।

शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो