माघ १७, २०८२ शनिबार | ०७:५१:३८
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

विश्व बक्सिङ च्याम्पियनसिपको तयारी सुरु

काठमाडौं । टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आइबीए) महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु भइसकेको छ ।

टर्कीको इस्टानबुल सहरमा हुने १२औं विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मे ८ देखि २० तारिखसम्म हुनेछ । उक्त प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको संघका अध्यक्ष राम अवालेले खेलाडीलाई बताए ।

‘संघले एक–दुईअघि मात्र खेलाडीको बन्द प्रशिक्षण सुरु गरिसकेको छ,’ उनले खेलाडीसँग भने, ‘संघले चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि छनोट खेल पनि खेलाइरहेका छौं ।’

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकोतर्फबाट ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३ औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा १३ औँ साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्ने चार खेलाडीहरुले भर्खरै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका छन् । जसमध्ये पुनमले कास्य जितिइन् । जुन नेपालले १२ वर्षपछि जितेको पदक हो ।

यसअघि तत्कालिन आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले कास्य पदक  जितेका थिए ।

प्रतियोगिताको अन्तिम तयारी स्वरुप खेलाडीले सातदोबाटोस्थित बक्सिङ हलमा बिहान र बेलुका प्रशिक्षण गर्नेछन् । खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण गराइरहेको संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

प्रतियोगितामा ८४ देशका तीन सय ९४ जना खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः एक लाख, ५० हजार र २५ हजार अमेरिकी डलर प्राप्त गर्ने संघले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।