चैत्र १३, २०८२ शुक्रबार | ०८:४७:२०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

विश्व बक्सिङ च्याम्पियनसिपको तयारी सुरु

काठमाडौं । टर्कीमा आयोजना हुने अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आइबीए) महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु भइसकेको छ ।

टर्कीको इस्टानबुल सहरमा हुने १२औं विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मे ८ देखि २० तारिखसम्म हुनेछ । उक्त प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको संघका अध्यक्ष राम अवालेले खेलाडीलाई बताए ।

‘संघले एक–दुईअघि मात्र खेलाडीको बन्द प्रशिक्षण सुरु गरिसकेको छ,’ उनले खेलाडीसँग भने, ‘संघले चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि छनोट खेल पनि खेलाइरहेका छौं ।’

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकोतर्फबाट ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३ औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा १३ औँ साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्ने चार खेलाडीहरुले भर्खरै थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका छन् । जसमध्ये पुनमले कास्य जितिइन् । जुन नेपालले १२ वर्षपछि जितेको पदक हो ।

यसअघि तत्कालिन आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले कास्य पदक  जितेका थिए ।

प्रतियोगिताको अन्तिम तयारी स्वरुप खेलाडीले सातदोबाटोस्थित बक्सिङ हलमा बिहान र बेलुका प्रशिक्षण गर्नेछन् । खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण गराइरहेको संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

प्रतियोगितामा ८४ देशका तीन सय ९४ जना खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः एक लाख, ५० हजार र २५ हजार अमेरिकी डलर प्राप्त गर्ने संघले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो