चैत्र ६, २०८२ शुक्रबार | ०२:४७:३०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

आर्मी च्याम्पियन

काठमाडाैं । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष/महिला दुवैतर्फकाे उपाधि त्रिभुवन आर्मीले जितेको छ । शनिबार पुरुषमा ५ स्वर्ण र २ रजत र महिलामा ३ स्वर्ण र २ रजत पदकसाथ आर्मी च्याम्पियन बन्याे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपिएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपिएफका पुरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार प्राप्त गरे । प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कांस्य पदक हासिल गरे ।

वसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपिएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने । पुरुष ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पुरन सुनुवारलाई पन्छाए। एपिएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेश्रो स्थानमा चित्त बुझाए । 

पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । बागमती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेश्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे । मधेशका कोशिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेश्रो स्थानमा सीमित भए । 

पुरुष ८१ केजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए । 

पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपिएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेश्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान हासिल गरिन् । १३औं सागका स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपिएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेश्रो भए । 

महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउदै पहिलो भइन् । एपीएफकी नाङजा बूढामगर र प्रदेश १ की सुस्मिता राई कांस्य पदकमा रोकिए । 

महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपिएफकी संगीता डंगाेललाई पाखा लगाउदै स्वर्ण पदक हात पारिन् । प्रदेश १ की नारिका राई तथा बागमतीकी शशिकला राई तेश्रो बने । 

आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगरलाई पन्छ्याउदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन् । मधेशकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेश्रो भए ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सन्जिव तुलाधर, प्रतियोगिता संयोजक राजिव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो