माघ १६, २०८२ शुक्रबार | ०५:१३:५९
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

आर्मी च्याम्पियन

काठमाडाैं । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष/महिला दुवैतर्फकाे उपाधि त्रिभुवन आर्मीले जितेको छ । शनिबार पुरुषमा ५ स्वर्ण र २ रजत र महिलामा ३ स्वर्ण र २ रजत पदकसाथ आर्मी च्याम्पियन बन्याे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपिएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपिएफका पुरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार प्राप्त गरे । प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कांस्य पदक हासिल गरे ।

वसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपिएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने । पुरुष ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पुरन सुनुवारलाई पन्छाए। एपिएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेश्रो स्थानमा चित्त बुझाए । 

पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । बागमती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेश्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे । मधेशका कोशिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेश्रो स्थानमा सीमित भए । 

पुरुष ८१ केजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए । 

पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपिएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेश्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान हासिल गरिन् । १३औं सागका स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपिएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेश्रो भए । 

महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउदै पहिलो भइन् । एपीएफकी नाङजा बूढामगर र प्रदेश १ की सुस्मिता राई कांस्य पदकमा रोकिए । 

महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपिएफकी संगीता डंगाेललाई पाखा लगाउदै स्वर्ण पदक हात पारिन् । प्रदेश १ की नारिका राई तथा बागमतीकी शशिकला राई तेश्रो बने । 

आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगरलाई पन्छ्याउदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन् । मधेशकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेश्रो भए ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सन्जिव तुलाधर, प्रतियोगिता संयोजक राजिव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।