फाल्गुन ३, २०८२ आइतबार | २३:३५:५९
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

युथ तथा जुनियर खुल्ला बक्सिङको सेमिफाइनलका खेल सम्पन्न

ललितपुर । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरको बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिता अन्तर्गत आजका सेमिफाइनल बाउटहरु सम्पन्न भएको छ ।

पुरुष ५४ किलो तौल समुहमा एचटुओका आशिष बेगाले दमकका दिपेश विश्वकर्मा तथा बक्समाण्डुका प्रवल उप्रेतीले भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।

५७ किलो तौल समुहमा अल्फाका रेमन पुनलेले मकवानपुरका ओम लामालाई ५ः० तथा दमकका योयल राईले एक्स बक्सिङका हुमबहादुर अधिकारीलाई ३ः२ अंकको आधारमा हराए ।

यसैगरी ६० किलो तौल समुहमा बक्समाण्डुका आशुष थापाले भाइबका युनिक तामाङबाट वाक ओभरको पाए ।  सोही तौल समुहमा स्वीट साइन्सका युगल रोका मगरले मकवानपुरका अभिषेक रानामगर तथा भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई समान ४ः१ अंकको आधारमा स्तब्ध बनाए ।

जुनियर पुरुषतर्फ ४६ केजी तौल समुहमा नक्सालका सक्क्षम लामाले अल्फाका लालबहादुर घर्तीलाई ३ः ० अंकको तथा बाँकेका चन्दन शाहीले एचटुओका खेलाडी शुसभ लामालाई ५ः० अंकको आधारमा पराजित गरे ।

 ४८ केजी तौल समुहमा रोल्पाका रजिन पुन मगरले ललितपुरका अर्ज सिल्वालमाथि ५ः० अंकको आधारमा जित हासिल गरे । ५० केजी तौल समुहमा रोल्पाका दिप्लप घर्तीले च्याम्पियन बक्सिङ क्लबका मोहन केसीलाई आरएसिको आधारमा स्तब्ध बनाए ।

५२ केजी तौल समुहमा अल्फाका विजय घर्तिमगरले झापाका रोशन विश्वकर्मा तथा फाइट प्रमोशन काठमाडौंका मोहित विष्टले च्याम्पियनका करुण बुढामगरलाई समान ५ः० अंकको आधारमा हराए ।

५७ किलो तौल समुहमा स्वीट साइन्स बक्सिङका रोशीकी शाही खड्कीले एक्स बक्सिङ क्लबका शाहील लिम्बुलाई ५ः० अंक तथा झापाका निक्मा तामाङले भाइब बक्सिङका आशिष रिजाललाई नकआउटका आधारमा पराजित गरे ।

६० किलो तौल समुहमा एक्स बक्सिङका समुन्द्र थापाले अल्फाका समिर खवास तथा हासिल गरे । दांगका नयनसिंह भण्डारीले बक्समाण्डुका डी देव थिङ तामाङलाई समान ५ः० अंकको आधारमा निरास बनाए ।

७० किलो तौल समुहमा स्वीट साइन्सका नोर्वु शेर्पाले फाइट प्रोका उर्गेन शेर्पालाई आरएससीको आधारमा पराजित गरे । आर्यन फिटनेश क्लबका श्रीयान्स सिवाकोटीले ८० प्लस किलो तौल समुहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आरएससीको आधारमा स्तब्ध बनाए ।

जुनियर महिलातर्फ ५० किलो तौल समुहमा झापाकी प्रतिमा राईले उदयपुरकी मुस्कान तुलाधरमाथि स्पिलट डिसिजनको आधारमा जित हासिल गरिन् ।

यसैगरी युथ महिला ५० किलो तौल समुहमा मकवानपुरकी रोशनी घलान नक्सालकी दिव्या लिम्बुलाईले अंकको आधारमा तथा एचटुओकी वृषा श्रेष्ठले स्वीट साइन्सकी शितास्मा खडकालाई आरएससीको आधारमा निरास पारे ।

युथतर्फकै ५४ किलो तौल समुहमा झापाकी स्मारिका राईले अल्फाकी पुष्पाकुमारी थापालाई ५ः० अंकको आधारमा पराजित गरिन् । एक्स बक्सिङका निकिशा गुरुङले ६० किलो तौल समुहमा उदयपुरकी चन्दन राईलाई आरएससी तथा  चितवनकी बविता गोदार क्षेत्रीले आर्यनकी अन्शु केसीलाई ५ः० अंकको आधारमा हराए ।  

यसैगरी युथ पुरुषतर्फका खेलमा एचटुओका अप्रिल रानाले ४८ किलो तौल समुहमा नक्सालका मानव लामा तथा अल्फाका गिर्वान केसीले आर्यनका दार्विन कोईरालालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।

५१ किलो तौल समुहमा भक्तपुरका विकल व्वयोधाले बक्समाण्डुका विक्की अर्याललाई ५ः० अंकको आधारमा तथा बाँकेका शुभमजंग शाहले झापाका प्रज्जवल खडकालाई आरएससीका निरास पारे ।

५७ किलो तौल समुहमा बक्समाण्डुका छिरिङवाङ्गदी शेर्पाले एचटुओका छेवाङ तामाङलाई हराए ।

नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देश भरबाट युथ महिलातर्फ १६ र पुरुषतर्फ ५२, जुनियर महिलातर्फ सात र पुरुषतर्फ ४३ जना गरि जम्मा १ सय १८ खेलाडी सहभागी छन् ।

भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई उत्कृष्टताको आधारमा एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपका लागि छनोट गरिने छ ।

प्रतियोगिता काजाकिस्तानको राजधानी आस्ताना शहरमा २०२३ अक्टोबर २१ देखि नोभेम्बर ४ मा हुनेछ । 
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।