माघ २, २०८२ शुक्रबार | २२:४२:०७
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

युथ तथा जुनियर खुल्ला बक्सिङको सेमिफाइनलका खेल सम्पन्न

ललितपुर । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरको बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिता अन्तर्गत आजका सेमिफाइनल बाउटहरु सम्पन्न भएको छ ।

पुरुष ५४ किलो तौल समुहमा एचटुओका आशिष बेगाले दमकका दिपेश विश्वकर्मा तथा बक्समाण्डुका प्रवल उप्रेतीले भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।

५७ किलो तौल समुहमा अल्फाका रेमन पुनलेले मकवानपुरका ओम लामालाई ५ः० तथा दमकका योयल राईले एक्स बक्सिङका हुमबहादुर अधिकारीलाई ३ः२ अंकको आधारमा हराए ।

यसैगरी ६० किलो तौल समुहमा बक्समाण्डुका आशुष थापाले भाइबका युनिक तामाङबाट वाक ओभरको पाए ।  सोही तौल समुहमा स्वीट साइन्सका युगल रोका मगरले मकवानपुरका अभिषेक रानामगर तथा भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई समान ४ः१ अंकको आधारमा स्तब्ध बनाए ।

जुनियर पुरुषतर्फ ४६ केजी तौल समुहमा नक्सालका सक्क्षम लामाले अल्फाका लालबहादुर घर्तीलाई ३ः ० अंकको तथा बाँकेका चन्दन शाहीले एचटुओका खेलाडी शुसभ लामालाई ५ः० अंकको आधारमा पराजित गरे ।

 ४८ केजी तौल समुहमा रोल्पाका रजिन पुन मगरले ललितपुरका अर्ज सिल्वालमाथि ५ः० अंकको आधारमा जित हासिल गरे । ५० केजी तौल समुहमा रोल्पाका दिप्लप घर्तीले च्याम्पियन बक्सिङ क्लबका मोहन केसीलाई आरएसिको आधारमा स्तब्ध बनाए ।

५२ केजी तौल समुहमा अल्फाका विजय घर्तिमगरले झापाका रोशन विश्वकर्मा तथा फाइट प्रमोशन काठमाडौंका मोहित विष्टले च्याम्पियनका करुण बुढामगरलाई समान ५ः० अंकको आधारमा हराए ।

५७ किलो तौल समुहमा स्वीट साइन्स बक्सिङका रोशीकी शाही खड्कीले एक्स बक्सिङ क्लबका शाहील लिम्बुलाई ५ः० अंक तथा झापाका निक्मा तामाङले भाइब बक्सिङका आशिष रिजाललाई नकआउटका आधारमा पराजित गरे ।

६० किलो तौल समुहमा एक्स बक्सिङका समुन्द्र थापाले अल्फाका समिर खवास तथा हासिल गरे । दांगका नयनसिंह भण्डारीले बक्समाण्डुका डी देव थिङ तामाङलाई समान ५ः० अंकको आधारमा निरास बनाए ।

७० किलो तौल समुहमा स्वीट साइन्सका नोर्वु शेर्पाले फाइट प्रोका उर्गेन शेर्पालाई आरएससीको आधारमा पराजित गरे । आर्यन फिटनेश क्लबका श्रीयान्स सिवाकोटीले ८० प्लस किलो तौल समुहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आरएससीको आधारमा स्तब्ध बनाए ।

जुनियर महिलातर्फ ५० किलो तौल समुहमा झापाकी प्रतिमा राईले उदयपुरकी मुस्कान तुलाधरमाथि स्पिलट डिसिजनको आधारमा जित हासिल गरिन् ।

यसैगरी युथ महिला ५० किलो तौल समुहमा मकवानपुरकी रोशनी घलान नक्सालकी दिव्या लिम्बुलाईले अंकको आधारमा तथा एचटुओकी वृषा श्रेष्ठले स्वीट साइन्सकी शितास्मा खडकालाई आरएससीको आधारमा निरास पारे ।

युथतर्फकै ५४ किलो तौल समुहमा झापाकी स्मारिका राईले अल्फाकी पुष्पाकुमारी थापालाई ५ः० अंकको आधारमा पराजित गरिन् । एक्स बक्सिङका निकिशा गुरुङले ६० किलो तौल समुहमा उदयपुरकी चन्दन राईलाई आरएससी तथा  चितवनकी बविता गोदार क्षेत्रीले आर्यनकी अन्शु केसीलाई ५ः० अंकको आधारमा हराए ।  

यसैगरी युथ पुरुषतर्फका खेलमा एचटुओका अप्रिल रानाले ४८ किलो तौल समुहमा नक्सालका मानव लामा तथा अल्फाका गिर्वान केसीले आर्यनका दार्विन कोईरालालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।

५१ किलो तौल समुहमा भक्तपुरका विकल व्वयोधाले बक्समाण्डुका विक्की अर्याललाई ५ः० अंकको आधारमा तथा बाँकेका शुभमजंग शाहले झापाका प्रज्जवल खडकालाई आरएससीका निरास पारे ।

५७ किलो तौल समुहमा बक्समाण्डुका छिरिङवाङ्गदी शेर्पाले एचटुओका छेवाङ तामाङलाई हराए ।

नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देश भरबाट युथ महिलातर्फ १६ र पुरुषतर्फ ५२, जुनियर महिलातर्फ सात र पुरुषतर्फ ४३ जना गरि जम्मा १ सय १८ खेलाडी सहभागी छन् ।

भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई उत्कृष्टताको आधारमा एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपका लागि छनोट गरिने छ ।

प्रतियोगिता काजाकिस्तानको राजधानी आस्ताना शहरमा २०२३ अक्टोबर २१ देखि नोभेम्बर ४ मा हुनेछ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate