चैत्र १४, २०८२ शनिबार | ०७:२९:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राष्ट्रिय किकबक्सिङ भदौमा हुने

काठमाडाैं ।  वीर गणेमानसिंह स्मृति पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौमा हुने भएको छ ।

प्रतियोगितागोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ २१, २२ र २३ गते हुने जनाकारी दिएको हो । प्रतियोगिताका खेल गोदावरी नगरपालिका वडा नं.११ प्याङ्गगाउँस्थित खेल मैदानमा संचालन गर्न गरिनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूह तथा महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूह समावेश छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख, दोस्रो हुने टिमले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी एक महिला तथा पुरुष उत्कृष्ट खेलाडीले जनही २४ हजार पाउनेछन् ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुआइ थाइ, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते, आइटिएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको प्रतियोगितामा उपत्यका बाहिरका खेलाडीलाई खाना र आवासको व्यवस्था गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो